×

सशस्त्रकी इन्सपेक्टर महत झुण्डिएको अवस्थामा मृत भेटिईन

images

काठमाडौं । सशस्त्र प्रहरी बलकी एक महिला इन्सपेक्टर मृत अवस्थामा भेटिएकी छन् । पोखरामा तालिमरत महिला इन्सपेक्टर सन्तोषी महत छिन् झुण्डिएको अवस्थामा मृत्त भेटिएकी हुन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्सपेक्टर हुन् ।

इन्सपेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनको शव पोस्टमार्टम गर्ने तयारी गरिएको छ । २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् ।

त्यसपछि अहिले २०८१ सालमा इन्सपेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् । पारिवारिका स्रोतकाअनुसार महतको सशस्त्रै १६ बेसिकको एक इन्सपेक्टरसँग प्रेम सम्बन्ध थियो । तर प्रेममा दरार आएपछि उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ ।

परिवारले ती इन्सपेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिने तयारी गरेका छन् । उनी अविवाहित हुन् । बाबु–आमा अस्ट्रेलियामा रहेको कारणले मंगलबार फर्कने र दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

आइतबार​ ११ फागुन २०८१ ०८:२८ PM मा प्रकाशित

प्रतिक्रिया