×

गाँजा खेतीको विषयमा राज्य प्रष्ट हुनुपर्छ-- कार्यकारी अध्यक्ष उप्रेती

images


काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीले गाँजा खेतीको विषयमा राज्य प्रष्ट हुनुपर्ने बताएका छन् । 

प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले गाँजा खेतीको विषयमा राज्यको स्पष्ट नीतिको आवश्यकता रहेको भन्दै लहडको भरमा नभई नीतिले कार्यक्रमलाई मार्गनिर्देशन गर्नुपर्ने बताए ।  कानून मात्र ल्याएपछि भइहाल्छ भनेर हुँदैन ।

पहिला यो विषयमा राष्ट्र नीतिगतरूपले प्रष्ट हुनुपर्छ ।नीतिले मार्गदर्शन गर्नुपर्छ अनि मात्र कार्यन्वयन गर्ने हो ।

’खेतीका लागि बीउहरू बाहिरबाट नल्याई आपैmले उमारेर गर्ने हुँदा यसको अनुसन्धानको लागि ठुलो धन खर्च हुने अनुमान गरिएको उनले बताए।

 नेपालमै गुणस्तरीय गाँजाको बीउ उत्पादन गर्न सके यो व्यवसायलाई व्यवस्थित ढंगले अगाडि बढाउन सकिने प्रतिष्ठानले जनाएको छ ।  
 

बिहीबार ११ फागुन २०७९ ०५:१२ PM मा प्रकाशित

प्रतिक्रिया