×

सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड

images

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

आइतबार प्रति तोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको छ।  आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

सोमबार ९ माघ २०७९ ०१:१८ PM मा प्रकाशित

प्रतिक्रिया