×

अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्छ, प्रधानमन्त्रीबारे सल्लाह गर्दैछौँ : प्रचण्ड

images

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने बताएका छन्। प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले सरकार गठन प्रक्रिया सहज रुपमा अघि बढ्ने बताए । उनले भने, ‘गठबन्धनकै सरकार बन्छ ।

’‘सबै प्रकृया सहज ढंगले अघि बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, सफलतापूवर्क र सहजै सम्पन्न भयो’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘आज शपथ ग्रहण पनि राम्रोसँग र बडो उत्साहका साथ सम्पन्न भयो ।’ 

उनले अबको सरकार पनि गठबन्धनले सहजै बनाउनै भन्दै निर्वाचन सम्पन्न भएजसरी नै सरकार बन्ने बताए । ‘यही गठबन्धनको सरकार बन्छ’, अबको पहिलो प्रधानमन्त्री देउवा कि तपाईं भन्ने प्रश्नमा प्रचण्डले भने, ‘पहिलो प्रधानमन्त्रीबारे हामी सल्लाह गर्दैछौँ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन पुस १० गतेसम्मको समय दिएकी छन्।

बिहीबार ७ पुस २०७९ ०२:४८ PM मा प्रकाशित

प्रतिक्रिया