पोखरा । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष रमण पौडेल र प्रमुख प्रशासकीय अधिकृत किरण अधिकारीलाई प्रहरीले प्रक्राउ गरेको छ ।
पौडेल र अधिकारीलाई बैंकिङ कसुरमा शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि उनीहरुको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया