×

एक थोपा रगत भएसम्म केपी ओलीसँग लड्ने दुर्गा प्रसाईंको घोषणा

images

काठमाडौं । गणतन्त्र प्रणालीका विरोधी एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो शरीरमा एक थोपा रगत भएसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् ।

हाफ पाइन्ट र सेतो टिसर्ट लगाएका प्रसाईं आफूलाई पक्रन आएका सुरक्षाकर्मीहरूलाई घरबाट निस्किनेक्रममा भन्दै थिए, “ ‘पक्रेजस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न ।मेरो शरीरमा एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या ।”

प्रसाईको यो उद्गार सुन्दै गर्दा सुरक्षाकर्मीहरू चाहिँ भन्दै थिए, “छिटो गरुँ न गाडीमा बसौं ।”ँ नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई भक्तपुरको थिमि निकोसेरा उकालोस्थित उनको निवासबाट पक्राउ गरेको हो।

उनीविरुद्ध केही दिनअघि एक महिलाले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। त्यसका आधारमा प्रहरीले असोज २ गते जिल्ला अदालत, काठमाडौंबाट पक्राउ गर्न अनुमति लिएको थियो। त्यसयता उनी सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।

आइतबार​ ६ असोज २०८१ ०७:३९ PM मा प्रकाशित

प्रतिक्रिया