नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ्-

    images

    काठमाडौं । गृहमन्त्री रमेश लेखक र चीनका राजदूत चेन सङबीच भेटवार्ता भएको छ।

    सोमबार दिउँसो गृह मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो। उक्त भेट्गृहमन्त्री रमेश लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरुको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

    भेटवार्तामा राजदूत सङले पनि नेपाल र चीनबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्‍वास व्यक्त गरेका थिए। उनले नेपालको पूर्वाधार विकास लगायतका क्षेत्रमा चीन महत्वपूर्ण विकास साझेदार रहेको बताए ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए । आगामी वर्षमा दुई देशबीच सम्बन्ध अझै प्रगाढ हुने उनको विश्वास छ।

    राजदूत सङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध निन्यत्रण र दुवै मुलुकका नागरिकहरूको सुरक्षाको लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने बताएका छन्।

    सोमबार ७ साउन २०८१ ०९:२८ PM मा प्रकाशित

    प्रतिक्रिया