फलेन्द्र मगर/ दुबई
जनवरी-२१ युएई मा रहेका नेपाली हरु को सबैभन्दा पुरानो छाता संस्था नेपाली समाज, युएईको हालै सम्पन्न १६ औं महाअधिवेशन ले अन्तिम समयमा आएर अध्यक्ष पदमा काठमाडौं निवासी राम मोक्तान लाई सर्वसम्मत चयन गरेका छन ।
अध्यक्ष पदमा निवर्तमान अध्यक्ष बेद प्रसाद अर्याल र मोक्तानको उम्मेदवारी परेको थियो साथै अन्य सबै पद हरु मा पनि दोहोरो उम्मेदवारी परे पनि निर्वाचन समितिको अथक प्रयास बाट सबै पद हरु मा सर्वसम्मत उम्मेदवार चयन गराउन सफल भएको निर्वाचन समिति संयोजक एकेन्द्र बहादुर थापाले जानकारी दिनु भयो ।
खाडी युद्द भएको बेलामा खाडी मुलुकमा श्रम गरिरहेका नेपाली हरु को हकहित का लागी सन १९९० मा स्थापना भएको नेपाली समाज, युएई सम्भवतः खाडी मुलुक लगायत अन्य मुलुक हरु को पहिलो र जेठो संस्थाको रुपमा युएईमा कृयाशिल छ । हाल नेपाली समाज ,युएईमा ६४ वटा विभिन्न संघ संस्थाहरु आबध्द छन जसको संरक्षण नेपाली राजदुतावास , युएईले गर्दै आइरहेको छ ।
उक्त महाधिवेशन मा महामहिम राजदुत तेज बहादुर क्षेत्री को प्रमुख आतिथ्य रहेको थियो।सभाध्यक्ष बेद प्रसाद अर्याल को रहेको थियो भने कुशल कार्यक्रम संचालक केदार कुँवर ले गरेका थिए।
१६औ कार्यसमितिः
अध्यक्ष: राम बहादुर मोक्तान
पार्षद् अध्यक्ष :कमल गिरी
वरिष्ठ उपाध्यक्ष: टंक बहादुर थापमगर
उपाध्यक्ष: केदार कुँवर
उपाध्यक्ष: रेशमराज खनाल
उपाध्यक्ष: केशव ढकाल
उपाध्यक्ष: रामबाबु न्यौपाने
उपाध्यक्ष: राम प्रसाद श्रेष्ठ
उपाध्यक्ष: लक्ष्मि पौडेल
उपाध्यक्ष: तारा सिंह विष्ट
पार्षद् उपाध्यक्ष: हुमराज बि.क.
महासचिव: जीवन पंगेनी
सचिव: प्रकाश दत्त बडु
सचिव: अमित पाण्डे
सचिव: ऋषिराम लम्साल
महिला सचिव: रमा न्यौपाने पन्त
पार्षद् सचिव: सुरेन तामाङ
कोषाध्यक्ष: कृष्ण प्रसाद तिमिल्सीना
सह-कोषाध्यक्ष: लीलाप्रसाद भट्ट,
प्रवक्ता: युवराज भट्टराइ
केन्द्रिय सदस्य एवं महिला विभाग प्रमुख संगिता नेपाल अधिकारी,
केन्द्रिय सदस्य: जीवलाल पाण्डे
केन्द्रिय सदस्य: बुद्द बहादुर तामाङ
केन्द्रिय सदस्य: डिल्लीराम तामाङ
केन्द्रिय सदस्य: गान्देव घिमिरे
केन्द्रिय सदस्य: कमल बहादुर लावती
केन्द्रिय सदस्य: महेश्वर घिमिरे
केन्द्रिय सदस्य: मणिराम गैरे
केन्द्रिय सदस्य: नेत्र बहादुर घर्तिमगर
केन्द्रिय सदस्य: सिर्जना थापा रहेका छन।
प्रतिक्रिया