काठमाडौँ । समाजसेबी युवा नेता अर्जुन बहादुर थापाले पुतलीसडक अफिसनै राखेर म्याग्दीलगायतका वैदेशिक रोजगार पीडितको रकम सरकार र पार्टीसित समन्वय गरेर करोडौ पैसा उठाईदियको बताएका छ्न । हिजो २०५८ सालमा भक्तपुर क्याम्पस उपाध्यक्ष हुँदै ०६४/ ६५ को आर-आर क्याम्पस अध्यक्ष हुँदा देखि नै उक्त अभियान निशुल्क रुपमा चलायको बताए।
उनका अनुसार अहिले चलायको अभियान मा ८३ करोड को उजुरी परेको छ। १५/१६ करोड खाने एजेन्ट बिदेश भागेको हुँदा पैसा उठ्न अन्योल छ भने अरु रकम छलफल गरेर उठादियको बताए। उनले नउठेको रकमको हकमा मुद्दा हालियको बताएका छन ।
सामाजिक काममा विशेष रुचि राख्ने थापाले १२ बर्ष अघि quick blood group स्थापना गरेर आफैले ४४ पटक रक्तदान गर्दै सयौ जना बिरामीलाई निशुल्क समन्वय गरेर रगत उपलब्ध गराउदै आयएका छन । साथै उनले धौलागिरी गाउँपालिकामा बुवाआमाको स्मृतिमा चन्द्रलोक शैक्षिक कोष स्थापना गरेर धौलागिरी गाउँपालिकाको ११ वटा माबिका करिब २ सय बिपन्न र जेहेन्दार विद्यार्थीलाई बर्ष दिन पुग्ने कपि र कलम प्रत्येक बर्ष बितवरण गर्दै आएका छन। उनी माओवादी केन्द्रको जुझारु क्रान्तिकारी युवा नेता हुन ।
प्रतिक्रिया