×

काठमाडौँमा सडक र खोला मापदण्ड खारेज माग गर्दै विरोध प्रदर्शन

images

काठमाडौँ ।  उपत्यकाका सडक र खोला पीडितहरूले जनतालाई उठिबास गराउने काम गरिएको भन्दै विरोध प्रदर्शन गरेका छन् । बिहीबार भूमि अधिकार संरक्षण सङ्घर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिको आयोजनमा विरोध प्रदर्शन गरिएको हो । 

मापदण्ड खारेजको माग गर्दै र्‍यालीसहित खबरदारी कार्यक्रम गरिएको उनीहरूले बताएका छन्। सुमन सायमिलगायतको अगुवाइमा बागमती नदी किनारबाट र्‍याली सुरू गरेर माइतीघर मण्डल पुगेको हो। र्‍यालीमा अभियन्ता सुमन सायमीलगायत सहभागी छन्।

२०८० पुस ३ मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमतीलगायत उपत्यकाका ठूला नदी तथा खोलाका दायाँबायाँ २०-२० मिटर छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो। सो आदेश कार्यान्वयनका लागि काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको थियो। यसो गर्दा सयौँ परिवारको उठीवास लाग्ने दाबी गर्दै विरोध गरिएको हो। 

बिहीबार ६ मंसिर २०८१ १२:०४ PM मा प्रकाशित

प्रतिक्रिया