×

भारतीय कमेडियन राजु श्रीवास्तव निधन

images

काठमाडौं । चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । १० अगष्टमा दिल्लीको साउथ एक्स जिममा कसरत गरिरहेका बेला  एक्कासी लडेका उनी ४२ दिनसम्म कोमामा रहेका थिए। श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

श्रीवास्तवको जन्म उत्तर प्रदेशको कानपुरमा सन् १९६३ डिसेम्बर २५ मा भएको थियो । बाल्यकालमा उनको नाम सत्यप्रकाश श्रीवास्तव भए पनि बलिउडमा उनी राजु श्रीवास्तवको नामले चिनिन्छन् । बाल्यकालदेखि उनी मिमिक्री र कमेडी गर्ने गर्थे । उनले केही फिल्मका साथै टीभी शोमा काम गरे । रियालिटी शोमा पनि उनले भाग लिएका थिए । श्रीवास्तव चर्चित कमेडियन हुन्। उनी 'इन्डियाज लाफ्टर च्यालेन्ज', 'बिग बोस सिजन ३', 'देख भाइ देख' जस्ता कार्यक्रममा देखिएका छन्।
 

बुधबार ५ असोज २०७९ ११:५८ AM मा प्रकाशित

प्रतिक्रिया