×

जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ र पाल्पाबाट पक्राउ

images

काठमाडौँ । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ र पाल्पाबाट एक एक जनालाई पक्राउ गरेको छ । 

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँको भानु नगरपालिका-३ तुरतुरेस्थित श्रेष्ठ मेडिकलमा कार्यरत सिराहा लहान नगरपालिका-१२ घर भएका ४१ वर्षीय सुमित शाहलाई प्रहरीले पक्राउ गरेको छ । सुमितले ती बालिकालाई सोही मेडिकलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यस्तै २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको पाल्पा अभियोगमा रामपुर नगरपालिका-५ रानाटोल बस्ने २० वर्षीय अशिल श्रेष्ठ र सोही नगपालिका-४ दधरान बस्ने २० वर्षीय प्रबेस मल्ललाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

आइतबार​ ५ असोज २०८२ ०२:४३ PM मा प्रकाशित

प्रतिक्रिया