×

‘१९७४ एडी’ले अस्ट्रेलियाका सहरहरुमा प्रस्तुति दिने 

images

काठमाडौं । नेपाली चर्चित ब्याण्ड  ‘१९७४ एडी’ले अस्ट्रेलियाका विभिन्न् सहरहरुमा आफना लोकप्रिय प्रस्तुतिहरु दिने भएका छन् ।

अस्ट्रेलियाका ८ सहरहरुमा व्याण्डले आफ्ना चर्चित गीत गुराँसै फुल्यो‘,सम्बोधन‘, परेलीमा लुकाई राखन‘,छुँदैन तिम्रो मायाले‘,जति माया लाए पनि ,यो मन त मेरो नेपाली‘पहिलो जूनिमा‘,चौबन्दी चोली‘ लगाएत करिब २ दर्जन गीतहरुमा आफ्नो प्रस्तुति दिनेछ।

'यो मन त नेपाली हो अस्ट्रेलिया टुर २०२२’ टाइटल रखिएको उक्त कार्यक्रम अगस्त २१ देखि सेप्टेम्बर ९ सम्म हुनेछ। आयोजक संस्था रोटेपिङ्ग इन्टरटेनमेन्टले केहि ठाउँहरुमा सो सोल्ड आउट भैसकेको र सबैलाई कन्सर्टमा सहभागी भई कार्यक्रम भब्य र सफल बनाउन आग्रह समेत गरेको छ ।

 

आइतबार​ ५ भदौ २०७९ १०:४२ AM मा प्रकाशित

प्रतिक्रिया