×

नेप्सेमा ९.२२ अंकले घट्यो, ५ अर्ब २ करोडको कारोबार

images

काठमाडौँ । आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार ९.२२ अंकले घटेर २७५७. ९७ विन्दुमा पुगेको हो ।

आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका एक करोड ६८ लाख ५५ हजार ९०६ कित्ता शेयर ५ अर्ब २ करोड १ लाख ४ हजार ८१६  मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज विकास हाइड्रोको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्तको शेयर ५.३७ प्रतिशतले बढेको छ । त्यस्तै आज जनउत्थान सम्युदायिक लघुवित्तको शेयर सबैभन्दा बढी ४.६५ प्रतिशतले घटेको छ । 

आज सबै भन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्सको २४ करोड ९ लाख र नेपाल रिइन्सुरेन्सको २० करोड ९ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

बिहीबार ५ भदौ २०८२ ०८:३२ PM मा प्रकाशित

प्रतिक्रिया