काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा १८८ सांसदको विश्वासको मत पाएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिएका प्रधानमन्त्री ओलीले कूल उपस्थित भएका २६३ सांसदमध्ये १८८ जना सांसदको विश्वासको मत पाएका हुन्। विपक्षमा ७४ मत परेको छ भने एक मत तटस्थ रहेको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाई मत पुर्याउन ओलीले कम्तिमा १८४ मत आवश्यक पर्दछ। तर ओलीले सो भन्दा बढी मत प्राप्त गरी दुई तिहाइको प्रधानमन्त्री बन्न सफल भएका हुन्।
प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमाले, लोसपा, जसपा नेपाल, जसपा, जनमत, नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदको मत प्राप्त भएको हो।
गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो।
प्रतिक्रिया