×

सहकारी ठगलाई कानुनी कारबाही हुन्छ - प्रधानमन्त्री ओली

images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जो सुकै भएपनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने बताएका छन्।  प्रतिनिधिसभामा आइतबार विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले यस्तो बाटएका हुन ।

उनले भने, ‘एउटा खुलस्तै भन्न चाहन्छु दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचार सहदैनौं, कसैलाई भ्रष्टाचार गर्न दिन्नौं ।’ भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्ने उनले बताए ।

भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनु सरकारको प्राथमिकता भएको भन्दै उनले भने, ‘यसमा ढुक्क भए हुन्छ, कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुन कारबाही अगाडि बढाउँछौं ।’

‘ढुक्क भए हुन्छ, कुनै कालखण्डमा भएका भ्रष्टाचार र भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउँछौँ,’ ओलीले अघि भने, ‘सहकारी पीडितका सन्दर्भमा उचित निर्णय लिनेछौँ। जो सुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्छौँ। सुशासनका लागि स्टन्ट होइन, सही इन्टेन्सन चाहिन्छ।’

आइतबार​ ६ साउन २०८१ ०२:४० PM मा प्रकाशित

प्रतिक्रिया