×

उपसभामुखबाट देशकै अपमान भयो- सांसद रामहरि खतिवडा

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पृष्ठभूमिका नेता तथा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले नेपालस्थित अमेरिकी दूतावासमा केही युवालाई भिसाको अन्तर्वार्ताको समय मिलाइ दिन भनी लेखेको पत्रको विषयले आजको बैठकमा गरमागरम बहस भएको । प्रतिनिधिसभा बैठकको विशेष समयमा नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखको व्यवहारले संसद्लाई भिसा सिफारिसको कन्सल्टेन्सी जस्तो बनाइएको आरोप लगाए ।

सांसद खतिवडाले भने, ‘‘संसदमा कुनै साइनो नभएको मान्छे मानव तस्करको सम्पर्कमा पुगेर उपसभामुखबाट भिसा सिफारिस भएको छ । उपभामुखकै विदेश भ्रमणको निम्तो आएपनि सभामुखले अनुमति दिनुपर्छ । तर, संसद्ले नचिनेको मान्छे कसले किन र के प्रयोजनको लागि भिसा सिफारिस गरियो ? भिसा सिफारिसको कन्सल्टेन्सी जस्तो संसद नबनाइयो । यस घटनामा छानबिन गर्नुपर्छ । मान्छे बेच्नेहरू यतैकतै छन् ।’

खतिवडाको प्रतिवाद गर्दै रास्वपाकी सुमना श्रेष्ठले आफ्नो श्रीसम्पत्ति अनाथालयलाई सुम्पने इन्दिरा रानामगरलाई मान्छे बेच्ने भनेर आरोप लगाउनु गम्भीर आपत्तिजनक भएको टिप्पणी गरिन् । उनले भुटानी शरणार्थी प्रकरणमा  मान्छे बेच्ने पार्टीले निरर्थक आरोप लगाउनु घोर आपत्ति भएको टिपप्णी गरिन् । उनले अहिले भइरहेको मिडिया ट्रायल बन्द गरिनुपर्ने बताइन् ।

आइतबार​ ६ साउन २०८१ ०२:३४ PM मा प्रकाशित

प्रतिक्रिया