×

शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस

images


काठमाडौं। नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस सम्पन्न भएको छ । आज नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी)ले माइतीघर मण्डलामा

कार्यक्रम आयोजना गरेको हो ।

संयुक्त विद्यार्थी आन्दोलनले आयोजना गरेको कार्यक्रममा नेपाल समाजवादी विद्यार्थी युनियनको इन्चार्ज एवं नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य मानुसी यमी भट्टराईले शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आवश्यक भएको बताउनुभयो । उहाँले शिक्षा ऐन  तत्काल जारी गरि शिक्षा क्षेत्रको बेतिथी अन्त्य गर्न सरकार संग माग गर्नुभयो ।

बिश्वबिद्यालय शैक्षिक क्यालेन्डर बन्न नसकेकोले विद्यार्थीको पढाई अस्तव्यस्त बन्न गएको बताउनुभयो ।त्यसैगरी विवेकशिल पार्टीको उपाध्यक्ष रन्जु दर्शनाले शिक्षा ऐन गर्न पुरानो राजनीतिक दल तयार नभएको बताउनुभयो ।

पुरानो दलको नेताहरुको लगानी शैक्षिक क्षेत्रमा  रहेकोले उहांहरु शिक्षा ऐन  ल्याउन पहल नगर्नुभएको प्रष्ट छ उहाँले बताउनुभयो ।

शिक्षा ऐन जारी गराउन निरन्तर खबरदारी गरिरहने र अर्को आन्दोलनको कार्यक्रम चाडै सार्वजनिक गर्ने नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो संग्रामले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल समाजवादी विद्यार्थी युनियन अध्यक्ष नेत्र चापागाईं, अखिल (क्रान्तिकारी)को संयोजक पवन कार्कीले शिक्षा ऐन बिषयमा धारणा राख्नुभएको थियो ।

शुक्रबार​ ५ साउन २०८० ०९:५२ AM मा प्रकाशित

प्रतिक्रिया