×

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलद्वारा राजीनामाको घोषणा, कांग्रेसले बहादुरसिंह लामालाई अघि सार्ने

images

हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । उनले प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका हुन। 

यसअघि जम्कट्टेलले विश्वासकाे मत लिने प्रयाेजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलकाे बैठकले उनलाई राजीनामा सुझाव दिएकाे थियाे । २०७९ पुस २५ गते नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री जम्मकट्टेलले यसअघि तीनपटक बागमती प्रदेश सभाबाट विश्वासको मत लिएर सत्ता जोगाएका थिए।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ। आइतबार बिहान हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ । बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन्। लामा बागमती प्रदेशसभामा कांग्रेस संसदीय दलका नेतासमेत हुन्। 
 

आइतबार​ ६ साउन २०८१ ०३:१० PM मा प्रकाशित

प्रतिक्रिया