×
images

एमालेको केन्द्रीय कमिटीको बैठक शूरु (फोटो फिचर)

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शूरु भएको छ । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा शुरु भएको बैठक आज र भोलि बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । 

बैठकले यसअघि सचिवालय र पोलिटब्युरो बैठकले अनुमोदन गरेको उपाध्यक्ष विष्णु पौडेलले प्रस्स्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव, महासचिव शंकर पोखरेलले पेश गरेको पार्टीको सङ्गठनात्मक प्रस्तावमाथि छलफल हुने र अनुमोदन गर्ने छ ।

एमालेले प्रस्तावित विधानमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ भने पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने र केन्द्रीय कमिटी २५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ ।

 

Single Image

Single Image

Single Image

Single Image

Single Image

Single Image

सोमबार ६ साउन २०८२ ०२:३५ PM मा प्रकाशित

प्रतिक्रिया