पछिल्लो समय लगातार ओरालो लागिरहेको शेयर बजार आज मङ्गलवार भने दोहोरो अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव ४९ अङ्कले बढेर एक हजार नाै सय २२ दशमलव ३० विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर आज बजार हरियो देखिएको छ ।
यस्तै दुई सय ३१ वटा कम्पनीकाे ३७ लाख १२ हजार कित्ता शेयर एक अर्ब २३ करोड ८५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ११ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै आँधीखोला र सीवाईसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । तेह्रथुम पावर कम्पनीको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।
प्रतिक्रिया