×

बढ्यो सुनको मूल्य

images

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको १८ सयले बढेर तोलाको २ लाख ९३ हजार ८ मा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९२ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले बढेर ५०५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९६० मा कारोबार भएको थियो ।

बिहीबार ७ जेठ २०८३ ११:१३ AM मा प्रकाशित

प्रतिक्रिया