×

सन्दीप सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाउने तयारीमा

images


काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका छन् ।

एक सय विकेट पूरा गर्न सन्दीप १ विकेटले मात्र पछि रहेका छन् । उनले ४१ एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) खेलमा ९९ विकेट लिएका छन् ।

एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ । खानले ४४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा

एक सय विकेट पूरा गरेका थिए ।

२०१८ मा खानले बनाएको उक्त कीर्तिमान तोड्न सन्दीपले अबका दुई खेलमा एक विकेट लिनु पर्ने हुन्छ ।पछिल्लो समयमा सन्दीपको उच्च लय हेर्दा त्यो कीर्तिमान तोडिने

सम्भावना प्रचुर आज ओमान विरुद्धको नेपालको ५० औं खेलमा तोडिने सम्भावना रहेको छ ।खानपछि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक

सय विकेट पूरा गरेका थिए ।सन्दीप ओडिआईमा नेपालका लागि सर्वाधिक विकेट लिने बलर हुन् ।सन्दीपपछि नेपालबाट एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक विकेट

सोमपाल कामीले लिएका छन् । सोमपालले ४३ खेलमा ६० विकेट लिएका छन् ।

शुक्रबार​ ८ बैशाख २०८० ०९:४१ AM मा प्रकाशित

प्रतिक्रिया