×

रिहा हुँदै गर्दा दुर्गा प्रसाईं भन्छ्न, मैले जितेको हो, यो तपाईंहरूको जित हो- दुर्गा प्रसाईं

images

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो ।

 साथै विवादित मेडिकल व्यवसायी  प्रसाईंले रिहा हुँदै गर्दा आफू नहारेको प्रतिक्रिया दिएका छन्।

 अदालले थुनामुक्त गर्न आदेश दिएसँगै रिहा भएका प्रसाईंले उक्त प्रतिक्रिया दिएका हुन्। ‘म हारेको छैन है। यो हारेको होइन नि फेरि। यो मैले जितेको हो, यो तपाईंहरूको जित हो,’ प्रसाईंले भने।

छोरा निराजनको तर्फबाट नारायण खवासले पुस २ गते थुनामुक्तको माग दाबी गर्दै रिट दायर गरेकोमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाइ गरेर थुनुवा झिकाउने आदेशसहित कारण देखाऊ आदेश जारी गरेको थियो।

शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो ।  सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।

शुक्रबार​ ५ पुस २०८१ ०७:१६ PM मा प्रकाशित

प्रतिक्रिया