काठमाडौं । आज बुधबार पनि सुनको मूल्य बढेको छ। आज सुन तोलामा नौसय रुपैयाँ बढेर एक लाख ६३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुन तोलामा दुई हजार रुपैयाँ बढेर एक लाख ६२ हजार एकसय रुपैयाँ पुगेको थियो। गएको सोमबार सुनको मूल्य एक लाख ६० हजार एकसय रुपैयाँ थियो। तीन दिनमा सुनको मूल्य २ हजार नौ सय रुपैयाँ बढेको हो।
आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ। एक हजार नौसय ५५ रुपैयाँ पुगेको चाँदीको मूल्य आज एक हजार नौसय ५० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
प्रतिक्रिया