×

दुर्गा प्रसाईंलाई लगियो अदालत, प्रसाईंको घरबाट समातिएका ९ जनामाथि अभद्र व्यवहारको आरोप

images

काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस गरिएको छ । उनलाई प्रहरीले बुधबार सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौं पुर्‍याइएको हो । साथै प्रसाईंको भक्तपुरस्थित घरबाट पक्राउ परेका ९ जनामाथि अभद्र व्यवहारको कसुरमा प्रहरीले अनुसन्धान गर्ने भएको छ।

मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रसाईंलाई घरबाट नियन्त्रणमा लिएको थियो। उनलाई पक्राउ गर्न सिआइबीसँगै जिल्ला प्रहरी परिसर भक्तपुरको टोली पनि पुगेको थियो।

पक्राउ गर्न पुग्दा अवरोध पुर्‍याएको भन्दै २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसमध्ये १५ जनालाई प्रहरीले छाडेर १० जनामाथि सोधपुछ गरेको थियो। साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईँलाई हिरासतमा राख्ने म्याद थपका लागि अदालतमा पेस गरिएको हो।

उनलाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौँ पुर्‍याएको हो।

प्रसाईंले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा विभिन्न कागजात सार्वजनिक गरेका थिए।  उनीमाथि पनि विद्युतीय (इलेक्ट्रोनिक) ऐन, २०६३ को दफा ४७ अनुसार प्रहरीले अनुसन्धान अघि बढाएको छ। 

बुधबार ५ मंसिर २०८१ १२:०५ PM मा प्रकाशित

प्रतिक्रिया