×

निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि प्रहरी र रास्वपा कार्यकर्ताबीच धकेलाधकेल

images

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले प्रदर्शन गरेको छ । पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलको अवस्था सिर्जना भएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सहिद चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरेको छ । रास्वपाका नेता कार्यकर्ताले सोही क्षेत्रमा प्रदर्शन गरेपछि घम्साघम्सीको स्थिति सिर्जना हुन पुगेको हो ।

गत शुक्रबार रास्वपा पार्टी सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वस्पाले पोखरामा विरोध जारी रोखेको छ । प्रदर्शन भइरहेको ठाउँमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

शुक्रबार काठमाडौँबाट पक्राउ परेलगत्तै पोखरा पुर्‍याइएका लामिछानेलाई म्याद थप गर्नका लागि प्रहरीले अदालत लगेको हो।  पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी गरेको, संगठित अपराध र सम्पति शुद्धिकरणसहित तीनवटा मुद्दा उनीविरुद्ध चलाउने प्रहरीको तयारी छ। 

आइतबार​ ४ कात्तिक २०८१ ०१:४२ PM मा प्रकाशित

प्रतिक्रिया