पोखरा - स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेता कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको छ । सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेपछि समर्थकहरू अदालत नजिकै प्रदर्शनमा उत्रिएका छन् ।
प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपनि त्यसलाई बेवास्ता गर्दै प्रदर्शन भएको हो । पार्टीका सभापति रवि लामिछानेलाई 'राजनीतिक प्रतिशोध' मा समातिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा हानेको छ ।
पानीको फोहोरा र अश्रुग्यास हानेपछि आन्दोलित पक्ष तितरबितर भएका थिए । निषेधित क्षेत्रमा पसेर प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेलको स्थिति बनेको हो । यद्यपि रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र अझै छाेड्न मानेका छैनन् । अटेरी गरे थप बल प्रयाेग गर्न बाध्य हुने प्रहरीले माइकिङ गर्दै चेतावनी दिइरहेको छ ।
प्रतिक्रिया