×

नेप्से ९.७० अंकले घट्यो, ५ अर्ब २० करोडको कारोबार

images

काठमाडौँ । आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार ९.७० अंकले घटेर २७६७. २० विन्दुमा पुगेको हो ।

आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज विकास हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने चन्द्रागिरी हिल्सको ७.४२ प्रतिशतले बढेको छ । त्यस्तै आज पन्चकन्या माइ हाइड्रोको शेयर सबैभन्दा बढी ९.०३ प्रतिशतले घटेको छ । 

आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको २५ करोड ९  लाख र हिमालयन रिइन्सुरेन्सको २१ करोड ७६ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

बुधबार ४ भदौ २०८२ ०४:०० PM मा प्रकाशित

प्रतिक्रिया