×

‘सायरा’ मा बलिउड निर्देशक देसाई 

images

काठमाडौं  । अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ चलचित्र ‘सायरा’ लाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने भएका छन् । 

नर्माता रघु परियार र बलिउड निर्देशक विशाल बीच मुम्बईमा चलचित्र ‘सायरा’ मा सहकार्य गर्ने सम्झौता भएको हो । निर्माण कम्पनी डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.ली. को तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दसैँ ताका चलचित्र छायांकन हुने बताए ।  

सोसल ड्रामा र लभ स्टोरी कथा रहेको चलचित्रमा अभिनेताको रुपमा आर्यन सिग्देल केहि अगाडी मात्र अनुबन्धित भएका हुन । असोजबाट छायांकन गर्ने तयारीमा रहेको चलचित्रको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । 
 

शनिबार ४ भदौ २०७९ १०:४३ AM मा प्रकाशित

प्रतिक्रिया