×

पूर्वप्रदेश प्रमुख राजेश अहिराज पक्राउ

images

काठमाडौँ । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन् । प्रहरीले अहिराजलाई आइतबार काठमाडौँबाट पक्राउ गरेको हो ।

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि अहिराज गत बैशाखदेखि फरार थिए । उनीविरूद्ध २५ वर्षकी महिलाले बलात्कार आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । 

अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख बनेका थिए ।

 

आइतबार​ ५ साउन २०८२ ०८:४६ PM मा प्रकाशित

प्रतिक्रिया