×

माफ गर्नुहोला प्रधानमन्त्री ज्यू , म  तपाईँको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ- बालेन

images

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर (प्रमुख) बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्ट प्रणालीलाई समर्थन गर्न नसक्ने जवाफ फर्काएका छन् ।

गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बालेन अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले अनुपस्थित नहुनेलाई अबदेखि नबोलाउन भनेका थिए । त्यसप्रति लक्षित गर्दै बालेनले स्टाटस लेखेका हुन् ।

आफूले भ्रष्टाचार रोक्न खोज्दा सबै पार्टी भ्रष्टाचारी जोगाउन लागेकाले त्यस कार्यक्रममा उपस्थित हुनुको अर्थ नहुने जवाफ बालेनले दिएका हुन् । ‘माफ गर्नुहोला प्रधानमन्त्री ज्यू । म  तपाईँको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ,’ बालेनको जवाफ छ ।

मङ्गलबार ७ जेठ २०८२ ०६:५५ AM मा प्रकाशित

प्रतिक्रिया