काठमाडौं । प्रहरीले राप्रपा अधयक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरूलाई सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको छ ।
पहिले प्रहरीले उनीहरूलाई सिंहदरबारभित्रै रोक्ने प्रयास गरेको थियो । तर उनीहरू प्रदर्शनमा सहभागी हुन भन्दै बाहिर निस्किन लागेपछि गेट नजिकैबाट उनीहरूलाई प्रहरी भ्यानमा हालेर लगिएको हो । राप्रपाले आज काठमाडौंमा प्रदर्शनको आह्वान गरेको थियो । राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनका लागि बानेश्व–माइतीघर सडकमा छन् ।
निषेधित क्षेत्र तोड्ने उद्घोषसहित राप्रपा आन्दोलनमा उत्रिएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि अध्यक्ष लिङ्देनले भने, ‘निरङ्कुश सरकारले गर्ने काम यही हो । यसमा हामीले अच्चम मान्नुपर्ने कुरै छैन । हामीले यसलाई अच्चम मानेका छैनौं । हामी सबै थुनिन तयार छौं ।’
सरकारले काठमाडौंमा सिंहदरबार, संसद् भवन रहेको स्थान, नारायणहिटी संग्राहलय, उपराष्ट्रपति निवास, राष्ट्रपति निवास र प्रधानमन्त्री निवास वरपरका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रतिक्रिया