×

सिसडोलमा फोहोर फाल्न नदिने चेतावनी

images


काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र आफ्ना ६ बुँदे माग पूरा नगरे सिसडोलमा फोहोर फाल्न नदिने भएको छ ।

दुई पालिकाले संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै ६ बुँदे माग १५ दिन भित्रमा पूरा नभए काठमाडौं उपत्यकाबाट उठ्ने फोहोर सिसडोल–बञ्चरेडाँडामा फाल्न नदिने चेतावनी दिएको हो । दुई पालिकाका प्रतिनिधिहरू बुधबार बैठक बसेर माग पूरा नभएमा संघर्ष गर्न बाध्य हुने र सो अवस्था सिर्जना नगर्न सरोकारवालालाई अनुरोध गरेको छ ।

विगत १८ वर्षदेखि काठमाडौं महानगरपालिकालगायत १८ वटा नगरपालिकाहरूको फोहोर सिसडोलमा विसर्जन हुँदै आएको छ । २०७९ जेठमा नेपाल सरकार, शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिबेशी नगरपालिका र ककनी गाउँपालिकाका सरोकारवालाहरु बीच भएको सम्झौताका अनुरूप बुदाँहरु कार्यान्वयन नभएकाले ती बुदाँहरुलाई तत्कालै कार्यान्वयनमा ल्याउन माग गरेको छ । दुई पालिकाका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गीकरण गरी प्रभावितलाई मुआब्जाको प्रक्रिया तुरुन्त अगाडि बढाउनुपर्ने उनीहरुको माग छ ।

साथै, ककनी गाउँपालिका, धुनिवेशी नगरपालिका वडाहरुमा वार्षिक १० करोडबराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा बजेट विनियोजन गर्न नेपाल सरकार, काठमाडौं महानगरपालिका र सरोकारवाला निकायमा आग्रह गरेका छन्

बिहीबार ७ बैशाख २०८० ०३:२२ PM मा प्रकाशित

प्रतिक्रिया