×

हामी हातमा हात मिलाएर सँगसँगै चुनावमा जान चाहन्छौँ - अध्यक्ष नेपाल

images

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहकार्य गर्न चाहनेहरूसँग मिलेर नै निर्वाचनमा जाने  बताउदै  उनले एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ‌ओलीप्रति धरातलमा वितृष्णा रहेको बताएका छन्।

आइतबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन । कतिपय जिल्लाहरूमा एक्लै पनि शक्ति बन्दै गइरहेको सुनाए । “विभिन्न जिल्लाले भन्दै छ, हामी एक्लै पनि बलियो हुँदै गइरहेका छौँ । तर, कतिपय अरू पार्टीहरूले हामी पनि सहकार्य गर्न चाहन्छौँ भनेका छन्,” उनले भने “सहकार्य गर्न चाहनेहरूलाई स्वागत गर्न चाहन्छौँ । हामी हातमा हात मिलाएर सँगसँगै चुनावमा जान चाहन्छौँ ।”

उनले स्थानीय तह निर्वाचबाट पार्टी बलियो शक्तिका रूपमा अघि बढ्न चाहेको पनि बताए । पाँचदलीय गठबन्धन तोड्न जालझेल भए पनि त्यसलाई तोडिएको उनको भनाइ छ । “मोर्चा टुटाउन अनेक किसिमका जालझेल, षड्यन्त्र गरिए । हामीले त्यो तोडेका छौँ,” उनले भने ।

नेकपा (एमाले)का अध्यक्ष ओलीले केहीलाई पार्टी प्रवेश गराए पनि धरातलमा उनीप्रति वितृष्णा पैदा भएको र भ्रम टुटिरहेको नेता नेपालको भनाइ छ ।‘ केही ठाउँहरूमा केही मानिसलाई प्रवेश गराएँ भनेर आनन्दको अनुभूति लिने एउटा कुरा भयो तर धरातलमा त्यस्तो स्थिति छैन,’ पार्टीमा युवाहरूलाई प्रवेश गराउने कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आज भने, ‘धरातलमा केपी ओलीप्रति वितृष्णा बढिरहेको छ, एमालेप्रति भ्रम टुटेको छ।’

एमालेबाट आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको संख्या बढिरहेको पनि उनले बताए । उनले पैसा, दम्भ र अहंकारलाई पराजित गर्नुपर्ने बताए।

आइतबार​ ६ चैत २०७८ ०४:५२ PM मा प्रकाशित

प्रतिक्रिया