×

बैठक सुरु हुनअघि नै संसद भवन पुगे देउवा

images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवन पुगेका हुन् । संसद बैठक १ बजेका लागि बोलाइएको छ भने त्यसअघि नै देउवा संसद भवन पुगेका हुन् । 

 

सरकारले आजै एमसीसी टेबल गर्ने तयारी गरेको छ भने त्यसका लागि एजेण्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।  यसअघि बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति जुटेको थियो ।

 

आइतबार​ ८ फागुन २०७८ ०१:१३ PM मा प्रकाशित

प्रतिक्रिया