कञ्चनपुर । कञ्चनपुर कारागारमा शुक्रबार दिउँसो झडप हुँदा सात जना कैदीबन्दी घाइते भएका छन् । शुक्रबार दिउँसो ४ बजे कारागारमा कैदीबिच भएको झडपका क्रममा घाइते हुनेको सङ्ख्या सात पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
घाइते हुनेमा किरण सिंह, करण कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, संजिव भण्डारी र जनक खड्का रहेका छन् । जसमध्ये, किरण सिंह, करण कुवँर, दिनेश कुवँर र राजेन्द्र सुधारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका चार जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । झडपको विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ बोहराले बताएका छन । कारागारमा अहिले तनावग्रस्त अवस्था रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थिति नियन्त्रणको प्रयास गरिरहेको जनाएको छ ।
प्रतिक्रिया