काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा भारी गिरावट आएको छ । बजार खुलेसँगै घट्न थालेको नेप्से यसदिन ५४.९४ अंकले घटेर २६ सय ९८.८२ अंकमा बजार बन्द भयो । आज सेन्सेटिभ इन्डेक्स ८.४०, फ्लट इन्डेक्स ३.७८ र सेन्सेटिभ फ्लट इन्डेक्स २.८८ अंकले घट्यो भने १३ वटै उपसमूहको शेयर ओरालो लाग्यो । यसदिन सर्वाधिक न्यादी ग्रुपपावरका लगानीकर्ताले ८.९३, समृद्धि फाइनान्सका लगानीकर्ताले ८.५५ र जानकी फाइनान्सका लगानीकर्ताले ८.२० प्रतिशत गुमाए ।
यद्यपि, आज आत्मनिर्भर लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर खरिदबिक्री भएकोमा यसदिन १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बराबरको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर कारोबार भएको छ ।
प्रतिक्रिया