काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको विरुद्ध भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षड्यन्त्र भन्दै टिप्पणी गरेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनिमा लागानी गरेको प्रमाण भन्दै कागजपत्र सार्बजनिक गरेपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन्। पोखरेलले यस्तो षड्यन्त्र र अराजकताबाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु सबैको कर्तव्य रहेको उल्लेख गरेका छन् ।
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले निवासबाट पक्राउ गरेको हो ।
व्यवसायी दुर्गा प्रसाईं पक्राउ
पोखरेलले भनेका छन्-
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार अपराह्न साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको ब्युर...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र हो । कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष हो । यस प्रकारको षडयन्त्र र अराजकतावाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो ।
प्रतिक्रिया