×

राष्ट्रिय महाधिवेशन गर्ने रास्वपाको निर्णय

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै सो प्रस्ताव गरेका हुन् । लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् । मंगलबारबाट सुरु भएको सो भेला महाधिवेशनको मिति तय गरेसँगै हिजो बुधबार सकिएको छ ।

कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचनमा जान प्रस्ताव

लामिछानेले गैरदलीय राष्ट्रपतिसहित प्रदेश संरचना खारेजी र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । प्रदेशसभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायिकी अधिकार दिने व्यवस्था गर्नुपर्ने पनि प्रस्ताव गरेका छन्।

‘प्रदेश सभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायिकी अधिकार दिने दिन सकिने उन्नत विकल्पबारे छलफल सुरू गरिनेछ। साथै विज्ञले नेतृत्व गर्ने गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित पाँचवटा प्रदेश मन्त्रालय रहने व्यवस्था, बहुआयामिक पहिचान झल्कने सातवटा प्रदेश, स्थानीय पालिकाको संख्या भने पाँच सयभन्दा मुनि झारिने, बलियो संघीय सरकार विस्तारित स्थानीय पालिकाको बीचमा छरितो प्रादेशिक तहबारे बहस सुरू गर्ने प्रस्ताव राख्न चाहन्छु,’ उनले भने।

त्यसैगरी लामिछानेले राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति हुने प्रस्ताव गरेका छन् ।  ‘खर्चिलो, बोझिलो प्रदेश संरचना कुनै हालतमा स्वीकार छैन’ आगामी महाधिवेशनसम्म पार्टीको धारणा अझ प्रष्ट पार्ने भन्दै उनले भने ।

उनले अहिलेको निर्वाचन प्रणालीले कहीँ नपुगिने जिकिर पनि गरे । निर्वाचन प्रणाली पूर्णसमानुपातिक हुनुपर्ने पनि उनको भनाइ छ । विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक उम्मेदवार बनाउने बताए ।

बिहीबार ३ असोज २०८१ १०:१० AM मा प्रकाशित

प्रतिक्रिया