×

पक्राउ पुर्जीको विरोधमा भोलि ४ गते दुर्गा प्रसाईंको देशभर चक्काजाम

images

काठमाडौं ।  दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले पक्राउ पुर्जीको विरोधमा भोलि असोज ४ गते देशभर चक्काजाम गर्ने चेतावनी दिएको छ । प्रसाईंलाई विद्युतीय कारोबार अन्तर्गत पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले बुधबार अनुमति दिएको थियो ।

त्यसको विरोधमा महाअभियानले बिहीबार विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी तत्काल फिर्ता नलिए बिहीबार राँके जुलुस र विरोध प्रदर्शन गर्ने तथा चार गते चक्काजाम गर्ने चेतावनी दिएको हो ।

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिकको जीवन रक्षार्थ शान्तिपूर्ण रूपमा चालिएको आन्दोलनलाई दमन गर्दै गणतन्त्रको उपहास हुने गरी नागरिकको अभिब्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको हननमा सरकार लागेको र सो नीति सरकारले तत्काल फिर्ता नलिए आज मिति २०८१ साल असोज ३ गते  देशै भर विरोध सभा राँके जुलुस, विरोध प्रदर्शन र भोलि मिति २०८१ असोज ४ गते बाट देशैभर चक्काजाम, विरोध सभा, धर्ना लगायतका कार्यक्रम अघि बढाउनु हुन सबै नगर, जिल्ला,अञ्चल तथा केन्द्रीय पदाधिकारीज्युहरुलाई  यसै विज्ञप्तिमार्फत हार्दिक आह्वान गर्दछौँ’, महाअभियानको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिहीबार ३ असोज २०८१ ०८:४४ PM मा प्रकाशित

प्रतिक्रिया