×

अमेरिकन आइडलका उपविजेता ‘अर्थर गन’ नेपालमा 

images

काठमाडौं । अमेरिकी रियालिटी शो अमेरिकन आइडल–२०२० का उपविजेता ‘अर्थर गन’ दिवेश पोखरेलले नेपालमा प्रस्तुति दिने भएका छन् । उनलाई टुबोर्गले सांगीतिक अभियानमा  नेपाल निम्त्याइएको हो ।

अर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान लगाएतका सहरहरूमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने राजधानीमा आयोजित पत्रकार सम्मलेनमा जानएको छ ।

नेपालीहरुको मायाले गर्दा नै आज युएसएबाट नेपाल आएर यस्तो कार्यक्रम गर्न लागेको गायक पोखरेलले बताए । म नेपाल आउन पाउँदा म धेरै खुसी छु । मेरो यात्रामा मलाई सबैको साथ चाहिन्छ । म हजुरहरु माझ  प्रस्तुति दिन पाउँदा निकै उत्साहित छु,उनले भने  ।’

उनका  ‘ग्रहण’ ‘खोज,’ ‘म’ र  ‘कर्णाली’ लगायतका गीतहरू बाहिर आइसकेका छन् । उनीसँगै अन्य तीनजना अमेरिकन गायकहरुले पनि उनलाई उनको प्रस्तुतिमा साथ दिनेछन् ।   
 

शुक्रबार​ ३ भदौ २०७९ १०:०१ AM मा प्रकाशित

प्रतिक्रिया