काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरोको बैठक आज पनि बस्ने भएको छ ।
पोलिटब्युरो बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
शुक्रबार शुरु भएको पोलिटव्यूरो बैठकमा नयाँ विधान सम्बन्धि प्रस्तावमाथि धारणा राख्ने क्रम शुरु भएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको नयाँ विधान प्रस्तावमा अहिलेसम्म ८ जनाले आफ्नो धारणा राखेको गौतमले जानकारी दिए ।
शुक्रबारको बैठकमा किरण कुमार गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशिनाथ अधिकारी, शेरधन राई, डा. राजन भट्टराई र कर्ण बहादुर थापाले अ-आफ्नो धारणा राखेका थिए ।
पोलिटब्युरो बैठकमा पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमनको विषय गम्भीर भएकोले यस विषयमा पार्टीले उचित समयमा निर्णय लिने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएको गौतमले बताए । त्यस्तै बैठकमा महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन पेश गरेका छन् ।
यस पोलिटव्यूरो बैठकले पेश गरिएका प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन ५ गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ । एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ ।
प्रतिक्रिया