रौतहट। पूर्वमन्त्री मोहम्मद आफताब आलमलगायतलाई दिएको जन्मकैदको फैसलालाई उल्ट्याउने न्यायाधीशहरूमाथि नै छानबिन थालिएको छ।
राजपुर बमकाण्डमा मारिएका त्रिलोकप्रताप सिंहका बुवा ८४ वर्षीय श्रीनारायण सिंह र अधिवक्ता युवराज सफलले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि नै छानबिनको माग गर्दै न्याय परिषद्मामा निवेदन दर्ता गराएका थिए।
न्याय परिषदको बिहीबार बसेको बैठकले न्यायाधीशद्वयलाई इजलासमा बस्नबाट रोक लगाउँदै सर्वोच्चमा हाजिर हुन बोलाइएको हो।
०६४ चैत्र २८ गते भएको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै ईंटाभट्टामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब आलम सहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेको थियो।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले आलमसहित उनका भाई मोहम्मद महताद आलम, शेख सराज र बद्रि सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो।
पाँच वर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएका आलम अदालतको फैसलासंगै रिहाई भएका थिए।
प्रतिक्रिया