×

मितेरी सहकारी ठगी प्रकरण -रकम हिनामिना गर्ने भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

images

काठमाडौं । मितेरी सहकारीको रकम अपचलन गरी फरार ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ । असार ४ गते राति १० बजे भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको हो ।

इन्टरपोलमार्फत जारी गरिएको रेड कर्नर नोटिसका आधारमा उनलाई कम्बोडिया प्रहरीले पक्राउ गरेको थियो । उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको रकम अपचलन सम्बन्धी उजुरीमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

बिहीबार ५ असार २०८२ १०:४५ AM मा प्रकाशित

प्रतिक्रिया