×

संसद जनताप्रति उत्तरदायी छ -- सभामुख घिमिरे 

images

 

काठमाडौं । प्रतिनीधि सभाका सभामुख देवराज घिमिरेले, जनतामाथि उत्तरदायी संसदले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आइतबार काठमाडौँमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन कार्यक्रममा सभामुख घिमिरेले संसदले पूर्ण रुपबाट जनताप्रति जवाफदेही भएर काम गर्ने प्रतिवद्धता जनाएका हुन् । 

कार्यक्रममा उनले विगतका दिनमा निरङ्कुशताको त्रासदी सहेको स्मरणगर्दै उनले भने ‘त्यो पुस्तालाई हामीले संघर्षका पाठ सिकायौँ र त्यो पुस्ताले प्रजातन्त्र प्राप्त ग¥र्यो, प्रजातन्त्र प्राप्त भएपछि मानवअधिकार प्राप्त ग¥र्यो ।’

लोकतान्त्रीक आन्दोलनका लागि महत्वपूर्ण योगदान गर्ने नेताहरुको त्यागकै कारण आजको अवस्था आएको उल्लेखगर्दै सभामुख घिमिरेले मानवअधिकार बर्ष पुस्तकले स्थानिय देखि प्रदेश निर्वाचनको समिक्षा गरेको भन्दै प्रशंसा गरे । 

नेपालको मानव अधिकार, राजनीति, शासन प्रणाली कस्तो छ र त्यो प्रणालीको प्रक्रियाहरु कस्ता छन्, ती प्रक्रियाहरु व्यवहारमा कसरी लागू भएका छन् भन्ने बारेको प्रष्ट चित्र मानव अधिकारको स्थितिले छर्लङ्ग हुने उनको भनाई छ ।
 

आइतबार​ ७ फागुन २०७९ ०३:१० PM मा प्रकाशित

प्रतिक्रिया