×

एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँद्वारा पार्टी परित्यागको घोषणा

images

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य रहेका दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । प्रसाईँले पूर्वराजपरिवारको उपस्थितिमा  उनले पार्टीको सिद्धान्त र नीति विपरीत काम गरेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको थियो ।

केन्द्रको निर्णय नआउँदै उनी आफैंले पार्टी परित्यागको घोषणा गरेका हुन् । प्रसाईँ आजै काठमाडौं आएर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा बुझाउने बताइएको छ ।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले गत फागुन १ मा पूर्वराजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारको सहभागितामा झापाबाट ‘नागरिक बचाउ महाअभियान’ सुरुवात गरेसँगै उनी विवादमा तानिएका थिए ।

आइतबार​ ७ फागुन २०७९ ०८:४६ PM मा प्रकाशित

प्रतिक्रिया