×

सकियो चितवन महोत्सव

images

काठमाडौ । नारायणी नदी किनारमा सञ्चालन भएको १४औँ चितवन महोत्सव–२०७९ समापन भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले महोत्सवको समापन गरेका हुन् । महोत्सव पुस २५ गते सुरु भएको थियो ।


महोत्सव समापन गर्दै मन्त्री थपलियाले जिल्लामा हुने हरेक मेला महोत्सवले देशको अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताए  । चितवन महोत्सव जिल्लाकै ब्राण्ड बनेको भन्दै महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु सह्रानीय कुरा भएको थपलियाको भनाइ छ । जिल्ला तथा समग्र प्रदेशकै विकासका लागि आफ्नो मन्त्रालयले योजना बनाएर काम गर्ने मन्त्री थपलियाले बताए ।


समारोहमा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष एवं १४ औँ चितवन महोत्सव मूल समिति संयोजक चुननारायण श्रेष्ठले चितवन महोत्सवबाट अपेक्षित कारोबार भएको बताए । कोरोना कहर तथा बैंकको ब्याजदरका कारण आर्थिक क्षेत्र सुस्ताएको बेलामा महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ।

महोत्सवमा चार सय ५० वटा स्टल रहेका थिए । महोत्सवबाट रु २५ करोड व्यापार हुने तथा पाँच लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा थियो । महोत्सवको करिब पाँच लाखले अवलोकन गरेका भए पनि व्यापार अपेक्षाअनुसार नै भएको आयोजकको भनाइ छ ।

बिहीबार ५ माघ २०७९ १२:१९ PM मा प्रकाशित

प्रतिक्रिया