×

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

images

काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतका अनुसार विद्युतीय कारोबार कसूरअन्तर्गत प्रसाईंसहित तीन जनाविरुद्ध बुधवार पक्राउ पुर्जी जारी भएको हो ।

न्यायाधीश महेन्द्रराज काफ्लेको इजलाशले पक्राउ अनुमति दिएकाे स्रेस्तेदार रामु शर्माले जानकारी दिए। प्रसाईं, जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको हो। उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

बुधबार २ असोज २०८१ ०७:४५ PM मा प्रकाशित

प्रतिक्रिया