×

पुँजीबजार अस्थिर भइरहेको प्रति अर्थमन्त्री पौडेलको चिन्ता

images

काठमाडौं ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुगेका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै कारोबार रकम र नेप्से परिसूचकमा देखिएको अस्थिरताबारे चासो व्यक्त गरे ।

‘केही समयअघि मात्र नेप्से परिसूचक तीन हजार अङ्कभन्दा माथि र कारोबार रकम रु ३० अर्ब हाराहारी पुगेकोमा अहिले परिसूचक दुई हजार पाँच सय ७० हाराहारी र कारोबार रकम  पाँच/छ अर्बमा खुम्चिएको छ’, अर्थमन्त्री पौडेलले भने, ‘किन यस्तो भइरहेको छ भन्नेबारे शीघ्र र स्पष्ट जवाफ खोजौँ ।’

वर्तनमान सरकार गठन भएपछि राजनीतिक स्थिरताको सन्देशसँगै पुँजीबजारमा पनि सुधार देखिएको भए पनि अहिले फेरि बजार घट्दै जानुको कारणबारे अर्थमन्त्री पौडेलको चासो थियो । ‘स्थिर र बलियो सरकार छ । बैंक वित्तीय संस्थामा ब्याजदर घटेको छ । तर तीन हजारको बिन्दुसम्म पुगेको बजार टिक्न सकेन । यस्तो किन भइरहेको छ भन्ने जवाफ चाहन्छु ’, उनले भने ।

अर्थमन्त्री पौडेलले पुँजी बजारलाई दिगो, विस्वसनीय र प्रविधिमैत्री बनाउन सुधारका थप क्रियाकलाप अघि बढाउन पनि निर्देशन दिए । पुँजीबजारमा हुने इन्साइडर ट्रेडिङजस्ता अवाञ्छनीय गतिविधि रोक्नका लागि चनाखो हुन पनि अर्थमन्त्री पौडेलले नेप्सेलाई निर्देशन दिए ।

बुधबार २ असोज २०८१ ०७:२२ PM मा प्रकाशित

प्रतिक्रिया